केदार घिमिरेले पशुपतिमा आयोजित महायज्ञमा गरे आर्थिक सहयोग


काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाले पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा पुगेर  २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म माग्ने राजा प्रवर्धनका लागि पुगेका माग्ने बुढाले उक्त रकम सहयोग गरेका हुन् । महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरु अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।

यसअघि गत शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि महायज्ञमा पुगेर  ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । महायज्ञमा यसअघि पल शाह, रमेश उप्रेती, सरोज खनाल लगायतका कलाकारहरु पनि पुगेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.