नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव


काठमाडौँ । नेपालमा पहिलो पटक हरर, काल्पिनक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए । उनका अनुसार, नेपालमा यी बिधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत यस्ता बिधाका चलचित्रहरुलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको हो । नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए । महोत्सव गर्नुको मुख्य उदेश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो ।

महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै चलचित्रहरुको लागि आवेदन पनि खुल्ला गरिएको पाठको भनाई छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.