नव कलाकारहरूको ‘सैयारा’ ले बटुल्यो चर्चा, अग्रिम बुकिङमै रेकर्ड


एजेन्सी। यशराज फिल्म्सको ब्यानरमा बनेको म्युजिकल रोमान्टिक फिल्म ‘सैयारा’ शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको छ। मोहित सुरी निर्देशित फिल्ममा नव-कलाकार अहान पाण्डे र अनीत पड्डाले मुख्य भूमिका निर्वाह गरेका छन्।

नयाँ अनुहारहरू भए पनि फिल्मले दर्शकमा जबरजस्त उत्साह सिर्जना गरेको देखिएको छ। भारतमा मात्र पहिलो दिनको लागि गरिएको अग्रिम टिकट बुकिङ ९ करोड ३९ लाख भारू पुगेको छ। जसमा ३ करोड ८० लाख भारू मूल्य बराबरको टिकट प्रि-सेल्समार्फत बिक्री भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विशेष कुरा के भने ‘सैयारा’ कुनै महँगो बजेटको फिल्म होइन। प्रचार–प्रसारसहित फिल्मको लागत ६० करोड भारू हाराहारी रहेको बताइएको छ।

फिल्मको यो व्यापारिक सुरुवातले यसअघि नयाँ कलाकारहरू अभिनित चर्चित फिल्म ‘धडक’ (८.७६ करोड भारू) र ‘स्टुडेन्ट अफ द इयर’ (७.४८ करोड भारू) को पहिलो दिनको कमाइलाई समेत उछिनेको छ।

समीक्षकहरूले पनि फिल्मको खुलेर प्रशंसा गरेका छन्। प्रख्यात फिल्म समीक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शले ‘सैयारा’ लाई ‘उत्कृष्ट’ भन्दै अभिनय, संगीत र प्रस्तुति सबै पक्षमा सशक्त रहेको प्रतिक्रिया दिएका छन्। ‘सैयारा’ नेपालमा पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.