‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक


काठमाडौं। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले सपना, संघर्ष, प्रेम र धोका वरिपरि घुम्ने कथा प्रस्तुत गर्छ।

कोरिया जान सपना देखेका विजय बरालको यात्राबाट सुरु हुने टिजरमा, विवाह, बुवासँगको द्वन्द्व, र काठमाडौंमै गाउँलेबाट हुने ठगीका दृश्य देखिन्छन्। सहजै गन्तव्यमा पुग्न नसक्ने र सपना गन्तव्यहीन बन्ने अवस्थालाई टिजरले उजागर गरेको छ।

चलचित्रमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई,भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ। निर्देशन हिमाल न्यौपानेको रहेको चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउनेछ। चलचित्रको असोसियट निर्देशकमा मनिष राउत छन् ।

निर्माता कमल र विमल न्यौपाने रहेको फिल्मको कथा भानुभक्त ढकालले लेखेका हुन्। संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको छ भने डीओपी नवीन गुरुङको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.