रबिना टन्डन नेपाली गहनामा नेपालको र्याम्पमा


बलिउड सेलिब्रेटीहरु नेपालमा आउनु अब सामान्य जस्तै बन्न थालेको छ। विभिन्न उदेश्य र बहानामा बलिउड सेलिब्रेटीको नेपाल आउने क्रम बढे संगै कुनै समयकी हट एण्ड हिट नायिका रबिना टन्डन भोलि नेपाल आउने भएकी छिन्।
Rabina-tondon
नेपाल रत्न तथा आभुषण संघको आयोजनामा यही कात्तिक २१ गतेदेखि ‘दोश्रो रत्न तथा आभुषण’ प्रदर्शनी हुँदैछ। याक एण्ड यति होटलमा संचालन हुने कार्यक्रमका लागि सो स्टपर बन्दै बलिउड चर्चित नायिका रबिना टण्डन नेपाल आउँदैछिन्। फेशन शोको सो स्टपर बन्दै स्टेज तताउन रबिना नेपाल आउन लागेकी हुन्। नेपाली गहना पहिरिएर रबिना र्‍याम्पमा जानेछिन्। नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तरीयता जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने मूल उद्देश्यका साथ यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.