काठमाडौं। निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ। दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो।
निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन। निर्देशक थापाले दश वर्षअघि फिल्म ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झिएका छन्।
उनले त्यो समयमा प्रेम गीतले धेरै कलाकार तथा प्राविधिकहरु लाई करियरको उचाईमा पुर्याएको स्मरण गरे, त्यसमध्ये एक हुन् अहिलेका स्टार नायक प्रदीप खड्का॥ हुन पनि ‘प्रेमगित’ लाई एउटा उदाहरणिय प्रेमिल चलचित्र मान्न सकिन्छ। यो चलचित्र सबै वर्गका दर्शकहरुको मन जित्न सफल भएको थियो।
अब निर्देशक थापा र अभिनेता खड्का लाई प्रेमगित भन्दा सफल चलचित्र बनाएर फेरि एकचोटी दर्शकहरुको मन जित्नु पर्ने चुनौति भने पक्कै छ।त्यसो त प्रेम कथामा आधारित चलचित्र बनाउन निर्देशक थापा सफल पनि छन् भने लवर व्वाई भुमिकामा अभिनेता खड्का पनि रुचाईएका छन्।
अहिले बन्न लागेको चलचित्र ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो। यो चलचित्रले समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्व लाई चलचित्रमा दर्शाउने छ, निर्देशक थापा भन्छन। यो फिल्मका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन।
चाडै नै अभिनेत्री लगाएत सम्पूर्ण कलाकार तथा प्राविधिक फाईनल गरि छायांकनमा जाने तयारि गरिएको जानकारी प्राप्त भएको छ। निर्देशक थापाको प्रेमकथामा आधारित सफल निर्देशकिय चलचित्र हरु ‘मेरो एउटा साथी छ’, ‘प्रेमगित’ ‘म यस्तो गित गाउछु’ आदि हुन्।
काठमाडौँ। अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको चलचित्र ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा...
काठमाडौं। चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको तृष्णा जगाएको छ। यस वर्षको बडादसैँको फूलपातीको दिन रिलिज हुने यो चलचित्रको...
काठमाडौँ । चलचित्र अभिमन्यु : च्याप्टर–१ को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी लवजमा भए पनि नेपाली भाषामा तयार भएको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी रहेको छ। स्वरमा प्रशान्तलाई प्रेरणा सिंहले साथ...
काठमाडौं । नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शन भएको नेपाली चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। सशान कँडेलको निर्देशनमा बनेको यो चलचित्र आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी...
काठमाडौं । महिला केन्द्रीय कथावस्तुमा आधारित चलचित्र ‘कोशेढुंगा’मा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। यसको थिम पोस्टरले नै महिला पात्रको नेतृत्व स्पष्ट संकेत गरिसकेको थियो, जुन कुरा गीतले झन् प्रष्ट पारेका...
काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘राम नाम सत्य’ आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ। काठमाडौंमा छायांकन सुरु हुने फिल्मको केही दृश्य चितवनमा पनि खिचिने छन्।...