पल,बेनिशा र नीतिको चलचित्र ‘मोहर’को टिजर सार्वजनिक


काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरले नलेखिएको नियमको कथा बोल्छ । फिल्ममा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट वुझ्न सकिन्छ । सार्वजनिक टिजरमा अभिनेता पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा अभिनेत्री बेनिशा हमाल र बालकलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा अभिनेत्री नीति शाहसँग जोडिएको छ ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

कुमार महर्जनको एक्सन रहेको फिल्ममा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।

फिल्मको टिजर साहिल खानले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्मको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन् । रोशन जंग शाही फिल्मका लाइन प्रोड्यूसर हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.