अमिताभ बच्चनविरुद्ध अमेरिकी अदालतमा मुद्दा दर्ता


(सेलिब्रेटी नेपाल) अमेरिका
सन् १९८४ को सिख हिंसाको घटनामा एक अमेरिकी अदालतमा बलिउडका अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता गरिएको छ। लस एन्जल्सको संघीय अदालतमा अमिताभ विरुद्ध सन् १९८४ मा सिख समुदायविरुद्ध हिंसा फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो। ‘सिख फर जस्टिस’ संगठनका कानुनी सल्लाहकार गुरुपतवंत सिंह पनुनले उक्त मुद्दा दर्ता गरेका हुन्।
Amitabh-bachhan
दर्ता गरिएको मुद्दाका अनुसार सन् १९८४ मा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या पछि बलिउड अभिनेता अमिताभ बच्चनले सिखहरुका विरुद्ध हिंसा भड्काएका थिए। पनुनका अनुसार अमिताभको त्यतिबेला गान्धी परिवारसँग निकै हिमचिम रहेको थियो। बच्चनले २१ दिन भित्र अदालतलाई स्पष्टिकरण दिनुपर्नेछ। पछिल्लो वर्ष सिख हिंसाको घटनामा जगदीश कौर नामक एक व्यक्तिले अमिताभ बच्चनमाथि सिख विरुद्ध हिंसा फैलाएको आरोप लगाएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.