ह्याप्पी इन्डिंगमा सैफ अलि खानको हर्कत


(सेलिब्रेटी नेपाल) मुम्बई
नेपाली चलचित्रका ब्यस्त भनिने नायक नायकहरुले नयाँ निर्माता निर्देशक हरु लाई विभिन्न तरिकाबाट दुख दिने र अनाबस्यक झंजट दिएका कुराहरु विभिन्न समयमा सुन्न र देख्न पाईन्छ। आफ्नो हैसियत भन्दा ठुला कुराहरु गरेको कुरा पनि मिडियामा बाहिर आउने गरेका छन् तर नेपाली फिल्म उद्योग भन्दा धेरै गुणा अघि रहेको बलिउडका स्टार हरुले धेरै नै सहज तरिकाले सुटिंग स्पटमा काम गर्ने गरेको कुरा धेरै सुन्न पाईन्छ।
Saif-Ali-Khan
सैफ अली खान अभिनित कैलिफोर्निया हाल छायांकन भइरहेको फिल्म ‘ह्याप्पी इन्डिंग’को सेटमा सैफ अलिले थुप्रै पटक सुटिंग स्पटमा नै कपडा चेन्ज गरेको खबर आएको छ। कपडा चेन्ज गर्न टाढा जानु पर्ने र काममा बाधा पर्ने देखेकोले सैफले लोकेशन मा नै कपडा चेन्ज गरेका हुन्। फिल्मका निर्देशक राजले बताएका छन् कि सैफ शूटिंग स्पटमा नै कपडा चेन्ज गर्दा यति सहजताका साथ गर्ने गर्दथे यस फिल्ममा सैफका अलावा गोविंदा, कल्कि और इलियानाको मुख्य भूमिका रहेको छ। यस बाट नेपाली स्टारहरुले केहि सिक्नु जरुरि छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.