‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक


काठमाडौं । आगामी जेठ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको उक्त फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत यसअघि सार्वजनिक भइसकेको छ। सामाजिक सञ्जालमा चर्चा कमाउन सफल उक्त गीत युट्युबमा समेत दर्शकले रुचाएका छन्।

सार्वजनिक पोस्टरमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत र टार्जनलगायत कलाकारलाई स्थान दिइएको छ।

निर्देशक भट्टराईका अनुसार पोस्टरले कलाकारहरूको भूमिकामा रहेको गेटअप झल्काउने उद्देश्य राखिएको छ।

फिल्मको कथा चन्द्र पन्तले लेखेका हुन्। फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको छायांकन, समीर मियाको भिएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।

क्रियटिभ सिने आर्टस्को व्यानरमा तयार भएको फिल्मका निर्माता नेम महर्जन हुन्। फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको निर्माणपक्षले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.