फिल्म ‘कल्ली’ को सेटबाट अर्पण थापाको लुक्स सार्वजनिक


काठमाडौं। हाल जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ। अभिनेता थापाको यो नयाँ लुक्सले दर्शकमाझ उत्सुकता बढाएको छ।

निर्माणपक्षले थापाको भूमिकाबारे खुलासा नगरे पनि सार्वजनिक गरिएको तस्बिरले उनको चरित्रप्रति चासो थपिएको छ। थापाले यसअघि देखाउन नसकेको नयाँ अवतारमा देखिएका छन्।

फिल्मको केही दृश्य काठमाडौंमा खिचिएपछि निर्माण टोली जुम्ला पुगेको हो। निर्माता किरण नेपालीका अनुसार अब एक सातामा छायांकन सकिनेछ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ। महेश दवाडीको कथा रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता छन्।

लक्ष्मण सुनारको निर्देशनमा तयार भइरहेको फिल्ममा अर्पण थापासँगै सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपालीको अभिनय छ।

निसाल पौडेलले छायांकन गरिरहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।

Copyright © 2012 - 2026 | All Right Reserved.