चलचित्र ´ पिताम्बर `को ट्रेलर विश्व भर ट्रेडिङमा


काठमाडौं।  नेपाली फिल्म ‘पिताम्बर’ को ट्रेलर युट्युबमा धमाकेदार प्रतिक्रिया पाइरहेको छ। यही चैत २९ गते रिलिज हुन लागेको यस फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको थियो, जसले केही घण्टामै मुभी सेक्सनमा नवौं स्थानमा ट्रेन्डिङ भएको थियो। अहिले यो ट्रेन्डिङको तेस्रो स्थानमा उक्लिसकेको छ।

विदेशमा पनि ट्रेलरले राम्रो प्रभाव पारिरहेको छ। कोरियामा ८, मलेसियामा १२, अष्ट्रेलियामा १३, जापानमा १०, कतारमा १२, युएईमा १० औं स्थानमा ट्रेन्डिङमा रहन सफल भएको छ। हालसम्म ट्रेलरले ११ लाख ४२ हजारभन्दा बढी भ्यूज बटुलेको छ, जुन अझै बढ्ने क्रममा छ।

फिल्ममा नेपाली सिने क्षेत्रका चर्चित अनुहारहरू छन्। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, टिका पहाडी, कामेश्वर चौरासिया, विशाल पहाडी लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) को अभिनय पनि देख्न पाइनेछ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पिताम्बर’ लाई कृषा चौलागाईंले निर्देशन गरेकी छिन्। फिल्मका निर्माता विशाल चौलागाईं हुन् भने सह-निर्मातामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं छन्। कार्यकारी निर्माता सुमन गौतम हुन्।

प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्मको छायांकन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन्। सम्पादन बन्दे प्रसादले गरेका छन् भने आशीष अविरल र बाबुल गिरीले संगीत दिएका छन्। द्वन्द्व निर्देशन हिमाल केसीको छ।

आरआर फिल्म्सले वितरण गर्न लागेको ‘पिताम्बर’ ले ट्रेन्डिङको आधारमा हेर्दा बक्स अफिसमा राम्रो व्यापार गर्ने संकेत देखाएको छ। ट्रेलरप्रति दर्शकहरूको उच्च चासोले फिल्मलाई पनि उस्तै साथ मिल्ने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.