जितुको ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा


काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । नेपालमा दसैँमा प्रदर्शनमा आएको चलचित्र भारतका विभिन्न शहरमा अहिले रिलिज भएको हो ।

डेनजोङ सिनेमा सिक्किम, द फेन्टासी सिनेमा वेस्ट बंगाल, विराज सिनेमा सिक्किम, एसभीएफ सिनेमा दार्जिलिङ, सविन किङडम सिलगुडी, ड्रिम थिएटर कालिङपोङ र इम्पेरियल थिएटर निामची सिक्किममा ‘ज्वाइँ साब’ प्रदर्शन भइरहेको निर्देशक वसन्त निरौलाले जानकारी दिए ।

नेपालीभाषी रहेका ठाउँमा ‘ज्वाइँ साब’ रिलिज भएको हो । दिल्ली, सुरत, मुम्बई, अहमदाबाद, हैदराबाद, देहरादुन, मोहली, चण्डीगढ, चेन्नेइ र गोवाहटीमा ‘ज्वाइँ साब’ रिलिज हुन बाँकी रहेको निर्देशक निरौलाले बताए । भारतका लागि निर्माता सुरेश आग्री र श्री दुन्दिर इन्टरटेनमेन्टको व्यानरमा यो चलचित्र प्रदर्शन भइरहेको हो ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु नेपाल, नीती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.