काठमाडौं । २०७९ मा प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ निर्माता प्रशान्त गिरीले नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस्ले ‘जवाफ’ नाममा नयाँ फिल्म निर्माणको घोषणा गरेको हो ।
पोस्टरमा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले फिल्म डार्क एक्सन थ्रीलर रहेको संकेत गर्छ । पोस्टरमा उल्लेख भएका पात्रको परिचय खुलाइएको छैन ।
यो फिल्मलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने छन् । सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको फिल्मको अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि जानकारी गराएको छैन । कार्यकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । निर्माता प्रशान्त गिरी अभिनेता समेत हुन् । यो फिल्मलाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण कम्पनिले घोषणा गरेको छ ।