‘फेरि रेशम फिलिली’, ‘लाज शरणम्’ र ‘मायावी’ प्रदर्शनमा


काठमाडौं। महाशिवरात्रिको अवसर पारेर आज बुधबारदेखि एकसाथ तीनवटा चलचित्र प्रदर्शनमा आएका छन्।

कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’,निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’ र दीवाकर भट्टराई निर्देशित ‘मायावी’ ले आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् ।

‘सक्किगोनि’ सिरियलको टिमले बनाएको ‘लाज शरणम्’ मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ।

‘फेरि रेशम फिलीली’ मा विजय श्रेष्ठ, सुपुष्पा भट्टसहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको मुख्य भूमिकामा छन्। ‘मायावी’ मा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.