काठमाडौँ। चलचित्र ‘कल्ली’को छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट चलचित्रको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ । ३५ दिनको सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् ।
पहिलो दिन अभिनेता नाजिर हुसेन, अभिनेत्री वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । निसाल पौडेलले यो चलचित्रको छायांकन गरिरहेका छन् ।