डा.विलोल पोखरेलको कवितासंग्रह र तीन म्युजिक भिडियो लोकार्पण


काठमाडौँ। स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, स्रष्टा पोखरेल र मिलापका सम्पादक कृष्ण भुसालले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । कृतिको लोकार्पणसँगै डा.विलोलका शब्द रचना रहेका ‘शहीदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक गीत ‘चिरा चिरा भो मुटु’को भिडियो प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै स्रष्टा विलोलले विदेशमा वस्ता पनि देशमा रहेपनि मन सधै स्वदेशमै रहने गरेको बताउँदै गीत, संगीत, गायन, अभिनयमा आफ्नो रुची रहेकोले सिर्जना आइरहेको बताउनुभयो । लेख्दा लेख्दै थुप्रै कविता लेखेको सुनाउँदै ति सबैलाई क्रमशः पाठकमाझ ल्याउने उद्देश्यले ‘विलोल शब्द वल्लरी’ भाग-१ सार्वजनिक गरिएको जानकारी दिए।

कार्यक्रममा साहित्य, गीत, संगीतका साथै विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा ९२ कविता संग्रहीत छन् । १४८ पेजको यो कृतिलाई जेनीश इन्टरटेन्मेन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.