अमेरिकामा ‘8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने


काठमाडौँ । अमेरिकामा ‘8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुने भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको बारेमा जानकारी दिइयो। सतिसाल इन्टरनेशनल एलएलसीका (लकेश श्रेष्ठ) र बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को संयुक्त आयोजनामा ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ सम्बन्धी विशेष प्रेस मिटमा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

साेहि कार्यक्रममा नेपालका वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की, अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी,निर्देशक दिलिप समन लगायत अन्यको सहभागिता रहेको थियो !

यस अवार्डको उद्देश्य नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना, र न्यूयोर्कमा आयोजना हुने अवार्ड समारोहबारे रेवेल इभेन्ट्सका अध्यक्ष राजेश हमालले जानकारी गराए। उक्त समारोहमा बिभिन्न बिधामा अवार्ड बितरण गर्ने नेपाली कलाकारहरूलाई सम्मान गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.