‘नेपाल किड्स आइडल’ हुने


काठमाडौं । जय मिडिया मेनेजमेन्टको आयोजनामा बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ हुने भएको छ । आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।

जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताए । ‘हामी फागुनबाट अडिसन सुरु गर्छौ । माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भए पनि प्रतिकुल मौसमका कारण फागुनमा गर्न लागेका हौं’, उनले भने ।

शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन् । संस्थापक जय राजले शोको निर्णायक चाँडै सार्वजनिक गरिने बताए । उनका अनुसार २८ एपिसोड रहने शो नेपालको एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.