सञ्चारकर्मी बस्नेतलाई कम्युनिटी मिडिया अवार्ड


काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा बस्नेतसहित ७ जना सञ्चारकर्मीलाई फस्ट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरेको हो । न्युयोर्कमा आयोजित एक विशेष समारोह मिडियालाई समुदायमा जोडन अतुलनीय भूमिका खेलेवापत उनीहरुलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ ।

अवार्ड सँगै न्युयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र समेत उपलब्ध गराएको छ । कम्युनिटी मिडिया अवार्ड २०२५ पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेसन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका छन् ।

‘नेपाली मिडिया उद्योगको नेतृत्व गरिरहेका बस्नेत मिडिया र समूदायलाई कसरी जोड्ने भन्ने एक उहाहरण हुन्’ अवार्ड बितरण समारोहमा उद्घोष गदै त्रिवेणी टाइम्सका संचालक नवराज केसीले भने ‘ नेपालको बिश्वासीलो मिडिया हाउस अन्नपूर्ण मिडिया नेटवर्कका माध्यमबाट उनले मिडिया र समूदायलाई जोड्ने अदभूत काम गरिरहेका छन । त्यही क्रममा अन्नपूर्ण मिडिया नेटवर्कलाई अन्तर्राष्ट्रिय मिडिया हाउस बनाउँदै अमेरिकामा बसोबास गरिरहेका नेपालीमुलका अमेरिकन समूदायहरुलाई जोड्न गरिरहेका छन । जुन आफैमा सराहनी छ ।’ मिडिया र समूदायलाई जोड्न बस्नेतले गरेको कामको मूल्यांकन गदै कम्यूनिटी मिडिया अवार्ड २०२५’ का लागि छनोट गरि अवार्ड प्रदान गरेको उनले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.