‘पूर्ण बहादुरको सारङ्गी’ ३८ वटा सिनेमा हलमा ५१ दिन




काठमाडौँ।
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आज प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र आज प्रदर्शनको ५१औँ दिन हो ।

वितरक मनोज राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउन लागेको हो । सबैभन्दा धेरै हलमा ५१ औं दिन मनाउने चलचित्रको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।

बक्सअफिसमा रेकर्ड ब्रेकिङ ग्रसकलेक्सन गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्मका नेपाली चलचित्रका सबै रेकर्ड तोडेको छ । नेपाली बक्सअफिसबाट मात्रै यो चलचित्रले ६ हप्तामा ४९ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । विजयसँगै मुकुन भुसाल, बुद्धि तामाङ, प्रकाश सपूत, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता छन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.