गायक नारायण थापाको ‘परिणाम नखोज तिमी’ सार्वजनिक


काठमाडौँ। सुगम संगीतमा बिगत दुई दशकदेखि सक्रिय गायक नारायण थापाको आवाजमा रहेको गीत ‘परिणाम नखोज तिमी’ आभुषण ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिंग मास्टरिंग रहेको गीत मेलोडी नेपाल रेकर्डिंग स्टुडियोमा रेकर्ड भएको हो।

समाज एवं घर परिवार भित्र हुने आर्थिक उतार-चढाब र त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीत मार्फत उधिन्ने कोशिश गरेकाछौं “एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन र गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाब र सम्बोधन नै गीतको मुख्य सार हो”गायक थापाले बताए ।

करिब ५ दर्जन भन्दापढि गीतहरुमा आफ्नो सुमधुर आवाज दिई सकेका गायक थापाको अजम्बरी-२०७२,परिवेश-२०७७,आकर्षण-२०७९ गरि तिन एल्बम बजारमा आईसकेकोछ भने हाल चौथो एल्बम ‘आभुषण’ को तयारिमा छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.