काठमाडौं । चलचित्र विकास बोर्डले बुधबार शीतल निवासमा भव्य समारोह आयोजना गरी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ सम्पन्न गर्यो। कार्यक्रममा २०८० मा प्रदर्शन भएका उत्कृष्ट चलचित्र र सिनेमा क्षेत्रका महत्वपूर्ण योगदानकर्तालाई नगदसहित सम्मान प्रदान गरियो।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका नयाँ उचाइ चुमेका कलाकार, निर्देशक र प्राविधिकलाई सम्मानित गरिएको थियो। लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ ले सर्वश्रेष्ठ सिनेमा अवार्ड हात पारेको छ। त्यस्तै, निश्चल बस्नेतले ‘दिमाग खराब’ बाट उत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए।
वर्षभर दर्शकको मन जितेका अभिनेता विपिन कार्कीले ‘प्रसाद २’ बाट उत्कृष्ट अभिनेता र स्वस्तिमा खड्काले ‘दिमाग खराब’ बाट उत्कृष्ट अभिनेत्रीको उपाधि जितेर नेपाली सिनेमा क्षेत्रमा आफ्नो विशिष्ट स्थान पुनः प्रमाणित गरे।
प्रमुख अवार्ड विजेताहरू:
सर्वश्रेष्ठ सिनेमा: बुलाकी
उत्कृष्ट अभिनेता: विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादन: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायांकन: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषा सिनेमा: लोजिमा (लिम्बु भाषा)
विशेष सम्मान र पुरस्कार:
निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेत्री: स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक सिनेमा: जारी (वि.सं. २०८०)
विशेष योगदान सम्म्मान:
तैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक /निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार
विशेष सिनेमा पुरस्कार:
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
सिनेमा दीर्घ साधना सम्मान
चैत्यदेवी सिंह, नेपालको पहिलो सिनेमा ‘आमा’ की अभिनेत्री।
यस समारोहले नेपाली सिनेमा उद्योगलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ। पुरस्कृत व्यक्तित्वहरूलाई हार्दिक बधाई!