बेगमको ‘गाह्रो छ हो’ थप परिमार्जन भएर दोश्रो सिजन आउंदै


काठमाडौँ । हाँस्य टेलिसिरियल ‘गाह्रो छ हो’ को सिजन २ प्रसारण हुने भएको छ । सोमबार काठमाडौंको अनामनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रोमो सार्वजनिक गरियो । सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना अनुरुप कलाकारहरुमा केहि परिवर्तन र मेकिङमा पनि थप स्तरिय बनाउँदै दोस्रो सिजन ल्याइएको हो ।

उनका अनुसार आगामी सोमबारबाट दोस्रो सिजन प्रसारण हुनेछ । सिरियल एपिवन टेलिभिजनमा ८ बजे र भटभटे माइला युट्युव च्यानलमा ८ः३० बजे प्रसारण हुनेछ । प्रोमो सार्वजनिक कार्यक्रममा थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो ।

लोकप्रिय कलाकारहरु शिवहरी पौडेल, शंकर आचार्य, कृष्ण सिवाकोटी, किशोर भण्डारी, लोकेन्द्र लेखक, सुरज चापागाईँ, मरिचमान श्रेष्ठ, सुबोध गौतम, दिनेश काफ्ले, सुरेश थापा लगायतको उपस्थिती थियो । उनीहरुले ‘गाह्रो छ हो २’ का लागी शुभकामना दिएका थिए ।

सिरियलमा बेगम नेपाली सहित शंकर आचार्य, बिनोद राई, कुलबहादुर अधिकारी, रेशम बुढाथोकी, दीया जीसी, आशा विश्वकर्मा, देवकुमार महर्जन, सुदर्शन खतिवडा, बेगम पुन मगर, सञ्जीव तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ। सिरियलमा संजय राइको छायांकन र रबिन्द्र खड्काको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.