‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ को छायांकन


काठमाडौं। यही कार्तिक ३० गतेदेखि रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचना को गीत “सपनीमा” को छायांकन सुरु भएको छ। गीतमा इन्दिरा जोशी र करण परियारको स्वर रहेको छ, र करुण थापाको शब्द र संगीत छ।

गीतको छायांकन ललितपुरको चापागाउँ आसपासमा बुधबारदेखि शुरु भएको हो। फिल्मका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय यो गीतको भिडियोमा देख्न सकिनेछ। भिडियोको छायांकन मानकृष्ण महर्जनले गरेका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

‘मिसिङः केटी हराएको सूचना’ फिल्म ट्राई सिटी पिक्चर्स प्रस्तुत र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। यो फिल्मको निर्देशन दीपेन्द्र गौचनले गरेका छन्, जसले “उजेली” र “हाम्रो मुमिन” जस्ता डकु-ड्रामा फिल्महरूको निर्देशन गरेका थिए। दीपेन्द्रले फिल्मको स्क्रिप्ट पनि लेखेका छन्।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। अमितेष शाह विशेष भूमिकामा देखिनेछन्।

फिल्मको कार्यकारी निर्माता नकिम उद्दिन, सह–कार्यकारी निर्माता सञ्जय भट्टचन, राजीव थापा, राधेश पन्त र महेन्द्र शाक्य रहेका छन्। फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन्, द्वन्द्व शंकर महर्जनको छ, प्रोडक्सन डिजाइन अरुण रेग्मीले गरेका हुन् । गीतमा संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको छ। म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म, एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.