नरहरी प्रेमीको ‘हामी परदेशी’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक नरहरी प्रेमीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हामी परदेशी’ बोलको गीतमा नरहरी प्रेमी कै शब्द तथा संगीत रहेको छ। दुबईमा छायांकन गरिएको भिडियोका निर्देशक शिवन पोखरेल हुन्।

नबिन कुमार औजी र प्रकाश राइगाइले छायांकन गरेको भिडियोमा आशिष पुरुष,निर्मला भुजेल,हरी डाँगी,माया उप्रेती,अर्जुन राज,सिता माया,लक्षुमण देवाली,बिबन बिसी,बद्रि थापाको अभिनय रहेको छ। भिडियोको सम्पादन हुम गैरेले गरेका छन्। भिडियोमा परदेशमा रहंदाको पिडालाइ देखाउन खोजिएको छ। भिडियो गायक तथा संगीतकार नरहरी प्रेमीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.