गीतकार डी.पी दाहाल परिश्रमीको तिहार गीत भिडियो सार्वजनिक


काठमाडौँ। सम्पूर्ण नेपालीहरुमा महान चाड तिहारको अबसरमा, आफ्नो नेपाली चाड र संस्कृतिको जगेर्ना गर्दै मनोरञ्जन दिने हिसाबले छमछमी नाच्दै, मिठो देउसी भट्याउदै परम्परागत शैलीको देउसी गीत तिहारको रमाईलो गीत भिडियो सार्वजनिक गरिएको छ।

गीतकार डी.पी दाहाल परिश्रमीको रचनामा डि.पि दाहाल र सबिन लिम्बुको संगीत, सबिन लिम्बु, रोजिना बस्नेत र डि.पि. दाहालको स्वर रहेको देउसी गीत तिहारको रमाइलोको म्युजिक भिडियो सुन्दर बनेको छ । रिता सिम्खडा दाहालको प्रस्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई कृष्णदेब रुपाखेतीले निर्देशन गरेका छन् । राहुल बराईलीको कोरीयोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन, स्मारीका ढकाल, सुरेश कोइल लगायतको अभिनय रहेको छ ।

चाहे बिदेशमा रहेका हुन वा स्वदेशमा हुन उनीहरुमा आफ्नो चाडप्रतिको, संस्कृतिप्रतिको माया कहिल्यै पनि मर्दैन, के केटाकेटी के बुढाबुढी, के युवा सबैलाई तिहार संस्कृतिले समेटेको गीतले बोलेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.