‘अग्नीदहन’ को टिजर सार्वजनिक


काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक गरिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो ।

एक मिनेट ११ सेकेण्डको टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी झाक्रीबाट दिइने यातनालाई प्राथमिकता दिइएको छ । एक अधवैशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य टिजरमा देख्न सकिन्छ । टिजरमा त्रसित बालिकालाई पनि उत्तिकै स्थान दिइएको छ ।

फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनले बताए । फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

फिल्ममा कोविदशरण उपाध्यायको परिकल्पना, लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, परिच्छेद सेनको पटकथा र मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।

नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.