गीत हिट गायक अपरिचित


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गायक सिजम सिन्जालीको दोस्रो एल्बम जिबन्त २ बजारमा आएको छ। पहिलो एल्बमको औषत सफलता पछी गायक सिजमको दोस्रो एल्बम आयको हो। दोस्रो एल्बममा पाँच गीत समाबेश गरिएको छ। एउटा गीतको भिडियो पनि तयार भइ सकेको छ र अब दोस्रो गीतको भिडियो पनि निर्माणको तयारीमा रहेको छ। अहिले नेपाली संगीतको बजार घटी रहेको भए पनि गीत संगीत सुन्ने श्रोताको कमि नभएको र आफुले आफ्नो प्रयास गर्न छाड्नु हुन्न भन्ने बुझाई गायक सिजमको रहेको छ। ‘आफुले काम गर्दै जाँदा एक दिन अबश्य सफलता प्राप्त हुनेछ त्यसैले आफुले गर्न छाड्नु भएन’ सिजम आफ्नो तर्क यसरि राख्छन।
Sijam-sinjali-s
अहिलेको बजारमा गीत सुन्ने भन्दा पनि हेर्ने बढी भएकोले आफुले पनि सके सम्म सबै गीतको भिडियो बनाउने उनको योजना रहेको छ। सिजमका गीत हरुले रेडियोमा राम्रै स्थान पाई रहेका छन् र रेडियो सुन्ने श्रोताहरुले गीत मन पराइरहेका छन्। उनका गीत हरु लोकप्रिय भए पनि उनलाई श्रोताहरुले कम चिनेको कारण अब भिडडियो मार्फत चिनिन चाहेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.