‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल’ मा १५ जनाको प्रतिस्पर्धा


काठमाडौंँ । ‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०२४’ को अन्तिम स्पर्धामा १५ प्रतियोगी भिड्ने भएका छन् । आयोजक ग्रिन आर्टस मिडियाले विहिबार विश्व सम्पदा सुचिमा परेको नेपालको बसन्तपुरमा प्रतियोगी सार्वजनिक गरेको हो । सो क्रममा प्रतियोगीले बसन्तपुर क्षेत्रर त्यहाँ रहेका हेरिटेजहरुको अवलोकन गर्दै त्यसको बारेमा जानकारी लिएका थिए ।

‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०२४’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ गरेकोे ई–प्लानेटद्धारा संचालित अन्तराष्ट्रिय प्रतियोगिता ‘हेरिटेज ईन्टरनेशनल’का लागि प्रतिनिधित्व छान्ने उदेश्यले आयोजना हुँदै आएको प्रतियोगीता हो । प्रतियोगीताका विजेताले विश्वका धेरै मुलकको सहभागीता रहने ‘हेरिटेज ईन्टरनेशनल’मा नेपालको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण चिनाउनुको अलवा स्वदेशमा भित्र कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नेछन् ।

प्रतियोगीताको फाइनल स्पर्धा आगामी १६ गते बुधबार राजधानीमा एक भब्य कार्यक्रमका बीच हँुदैछ । आयोजक ग्रिनआर्ट मिडियाले सबै प्रतियोगीलाई व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता विकास, प्रभावकारिता र स्टेज प्रस्तुति लगायत उपयोगिता र प्रभावकारी प्रशिक्षण सहित फाइनमा स्पर्धामा उतार्ने ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच अनिला श्रेष्ठले बताइन् ।

प्रतियोगीतामा मिस र मिसेज गरेर दुई विजेता छानिनेछन् । जसले थाइल्याण्डको बैंककमा नोभेम्बर २४ मा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

केही शिर्षकमा उप विजेता समेत समेत छानिने प्रतियोगीतामा विजेताले बिभिन्न गिफ्ट तथा अवसर उपहारका रुपमा समेत प्राप्त गर्न सक्नेछन् । यस अगाडि नेपालबाट ‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल’मा मन्जु बन्जारा ढकाल, आश्रा कुवर, श्रिजना पुन, दुर्गा बिसुराल, अदीति श्रेष्ठ, परिन्दा परि श्रेष्ठ, परिसा रानाभाट, लिलि सुवाल, आज्मा महर्जन लगायत सहभागी भएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.