मिसेस मंगोल नेपाल २०२४ को ताज प्रतिभाले जितिन्


काठमाडौँ । मिसेस मंगोल नेपालको १० औ संस्करण मिसेस मंगोल नेपाल २०२४ को ताज प्रतिभा पुलामी मगरले आफ्नो शिरमा पार्न सफल भएकी छिन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्धारा शनिवार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा प्रतिभाले चाँदीको ताज पहिरिएकी थिइन् । ताजसंगै उनले सन् २०२५ मा टोकियो जापानमा हुने इन्टरनेशनल नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड कार्यक्रममा इन्ट्रि प्याकेज समेत प्राप्त गरेकी छिन् । यस्तै मिसेस मंगोल नेपाल २०२४को फस्ट रनरअपमा सञ्जु मगर र सेकेन्ड रनरअपमा दिपा सिगु लिम्बुले उपाधी जित्न सफल भएका थिए ।

मंगोलियन समुदायका बिवाहित महिलाहरुको क्षमता, प्रतिभा उजागर गर्नुका साथै मौलिक पहिचानको संरक्षण र संर्वद्धन गर्ने उद्धेश्यले विगत एक दशकदेखी हिमायलन मुभिजले आयोजना गर्दै आएको छ । कार्यक्रममा एक दर्जन भन्दा बढी प्रतियोगिहरुले स्टेजमा आ–आफ्नो मातृभाषाबाट परिचय दिएका थिए । त्यस्तै मौलिक भेषभुषा तथा मौलिक पहिरण र आधुनिक पहिरणको मिश्रीत स्वरुप, बेस्ट ड्रेस राउण्ड, टप १० हुदै टप ५ मार्फट विजेत चुनिएको थियो ।
अनुभवी तथा क्रियाशिल अवार्ड बिजेता सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा प्रतिस्पर्धीहरुले आ–आफ्नो मौलिक नृत्यसंगै ओपनिङ नृत्य गरेका थिए । प्रतिस्पर्धीहरुको धमाकेदार प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । फेसन कोरियोग्राफर हिमानी आफ्नो मौलिक पहिरणमा प्रस्तुत हुदै क्याटवाकमा उत्रिएका थिए ।

कार्यक्रममा विविध सबटाइटल अवार्डहरु समेत वितरण गरिएको थियो । जसमा क्रमश बिजेता प्रतिभाले मोस्ट एट्राक्टिभ, फस्ट रनरअप सञ्जुले वेस्ट ट्यालेन्ट, सेकेण्ड रनरअप दिपाले वेस्ट फोटोजेनिक, भुमा तामाङले बेस्ट ड्रेस र मोस्ट ग्रेसफुल, संगीता गुरुङ मोस्ट प्यासनेट, मोस्ट पपुलर र पब्लिक भिडियो च्वाइज, सरिता तामाङ मोस्ट इलिगेन्ट, आस्मति सामसोहाङ लिम्बु मोस्ट स्मार्ट, रत्न माया श्रेष्ठ बेस्ट डिसिप्लेन, मञ्जिला राई मोस्ट चार्मिङ, सलिना श्रेष्ठ मोस्ट डिलिजेन्ट, दुर्गा लिम्बु मोस्ट डेडिकेट, बिना राणा मगर मोस्ट कन्फिडेन्ट र जुनु तामाङ मोस्ट डिसेन्ट हुन सफल भएका छन् । कार्यक्रममा कलाकारहरुले विविध आर्कषक नृत्यहरु प्रस्तुत गरेका थिए ।

मिसेस मंगोल नेपाल २०२४को निर्णायक मण्डलमा अभिनेता तथा चलचित्र कर्मी सिमान्त उदास, मोडल तथा अभिनेता कृष गुरुङ, ब्युटिसियन नेपाल २०२४ की बिजेता सृजना गुरुङ, मिसेस ग्लोवल नेपाल २०२४ की बिजेता सुनिता भुजेल र फेसन डिजाइन सुक्मिता चौलागाई सुनुवार रहेका थिए । मंगोलिन समुदायमा रहेको मौलिक कला संस्कृती भावी पुस्तामा सकुसल हस्तान्तरणको अभियान सहित सो कार्यक्रम आयोजना गरिएको आयोजनक पक्षले जानकारी गराएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.