अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु


नाटक महोत्सव सुरु

सेलेब्रिटी नेपाल मङ्सिर ९-सुक्रबार देखि ‘काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ। अनामनगरको मण्डला थिएटरमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले बाजागाजासहित नाटक महोत्सव उद्घाटन गरेका थिए।आरोहण गुरुकुलले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहमा महिला तथा बालबालिका मन्त्री बद्री न्यौपाने, भारतीय राजदूत जयन्तप्रसाद, नेपालका लागि रसियन राजदूत, प्राध्यापक अभि सुवेदी, संस्कृतिविद् सत्यमोहन जोशी, नाटककार प्रचण्ड मल्ल, बैरागी काइँलालगायत उपस्थित थिए। मंसिर २२ गतेसम्म चल्ने महोत्सवमा १४ वटा नाटक देखाइने छ। महोत्सवमा नेपालबाहेक भारत, फ्रान्स, रुस, अमेरिका, इस्टोनिया, नर्वे, थाइल्याण्ड र इरानका नाटक देखाइने छ। अमेरिकी नाटक नेपाल प्रज्ञा प्रतिष्ठानमा देखाइने छ भने अरू सबै मण्डलामै मञ्चन हुनेछन्। नाटक दिउँसो र साँझ दुईपटक मञ्चन गरिनेछ। काठमाडौंको महोत्सव सकिएपछि भारत र फ्रान्सका कलाकारले विराटनगरको आरोहण गुरुकुलको हलमा पनि मञ्चन गर्ने पोखरेलले जानकारी दिए। शुक्रबार मण्डलाको नाटक ‘सुनकेशरी’ प्रदर्शन गरिएको थियो।
मञ्चन हुने नाटकहरू
शनिबार (मंसिर ९)- जीवित या मृत (भारत, दिल्लीका कलाकारको प्रस्तुति)
आइतबार (मंसिर १०)- वन्स् मोर अपन अ टाइम्स (फ्रान्स)
सोमबार (मंसिर ११)- मानुषीः अ विमेन अलोन एण्ड अदर्श (भारत, कलकत्ता)
मंगलबार (मंसिर १२)- द ट्रायल अफ लुकुलुस (रसिया)
बुधबार (मंसिर १३)- माइ होम इज माइ हर्ट (नर्वे)
बिहीबार (मंसिर १४)- ट्रयुनोभ (भारत, कास्मिर)
शुक्रबार (मंसिर १५)- नेपाली आमा (नेपाल)
शनिबार (मंसिर १६)- काफ्काः एक अध्याय (नेपाल)
आइतबार (मंसिर १७)- अमरसिंहको खोजीमा अमर सिंह नाटक (नेपाल, हेटौंडा)
सोमबार (मंसिर १८)- सोलो (इस्टोनिया)
मंगलबार (मंसिर १९)- अफ फर सम डेज (इरान)

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.