केको बाहुन, केको कामी,केको जनजाति’ गीत बन्द


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Pashupati-Sharma
अन्तत लोकगायक पशुपति शर्माले ‘केको बाहुन, केको कामी, केको जनजाति’ बोलको आफ्नो तीज गीत बन्द गरेको घोषणा गरेका छन्। शर्माको गीतको दलिय समुदाय र आदिवासी जनजातिबाट चर्को विरोध भएको थियो। यो साता भरि पशुपति शर्मा पशुपति सामाजिक सञ्जाल र केही संघ संस्थाले गीतबारे गरेका टिकाटिप्पणीले गीतलाई बहाना गराएर सामाजिक सदभाव बिथोल्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै गायक शर्माले गीतको सार्वजनिक प्रयोग बन्दको घोषणा गरेका हुन्।

शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्-’हामी नेपाली हौं’ बोलको तीज गीतले कसैको आत्मसम्मानमा ठेस नपुगोस् भन्दै सार्वजनिक प्रयोगमा बन्द गरेको जानकारी गराउदछु। साथै यो गीतको व्यवसायिक प्रयोग समेत बन्द गरिएको अवगत गराउन चाहन्छु।’ यसअघि शर्माले अनलाइनखबरसँगको कुराकानीमा पनि आफू दलित समुदायको सम्मानमै गीत बनाएको बताएका थिए। गीतको केही शब्दप्रति आपत्ति जनाएको र हटाउन आग्रह गरेकाले सम्मान गर्दै गीत नबजाउने निर्णय गरेको शर्माले बताएका छन्। उनले भनेका छन्-’वास्तवमा मैले उल्लेखित गीत कुनै पनि समुदाय र जातजातिको मानमर्दन गर्न प्रकाशित गरेको नभई समाजिक कुरीति बिरुद्ध लक्षित गरेको थिए।’

Copyright © 2012 - 2026 | All Right Reserved.