दीपिका र रणवीरलाई पुत्रीलाभ


एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको छ । प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । गएको फेब्रअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको सार्वजनिक गरेका थिए । उनीहरूले ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिनाको रूपमा उल्लेख गरेका थिए । शुक्रबार दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।

दीपिका र रणवीर सन् २०१३ मा ‘गोलियोंकी रसलीलाः रामलीला’ फिल्मको सेटबाट नजिकिएका थिए । उनीहरूले सन् २०१८ मा विवाह गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.