१४ औं संस्करणको ‘डिएसए स्टार २०२४’ सम्पन्न


काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १४ औं संस्करणको ‘डिएसए स्टार २०२४’ को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित भएका छन् ।

प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अदिसु थापा विजेता हुँदा गिर्वानी शाह ‘फस्ट रनर अप’, सुवासिनी भट्टराई ‘सेकेण्ड रनर अप’, आर्सी भण्डारी ‘थर्ड रनर अप’ र लिजियन शेर्पा ‘फोर्थ रनर अप’ भए ।

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ क्लारा श्रेष्ठले उपाधि जित्दा डेभिड तामाङ ‘फस्ट रनर अप’, रितिका गिरी ‘सेकेण्ड रनर अप’, एल्भिस तामाङ ‘थर्ड रनर अप’, भीषण विक्रम शाह ‘फोर्थ रनर अप’, प्रज्ञा खनाल ‘फिफ्थ रनर अप’ र इशानी गौतम ‘सिक्स्थ रनर अप’ बने ।

यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ मिङ्की शेर्पा विजेता हुँदा आयुष शाही ठकुरी ‘फस्ट रनर अप’ र अबिनय श्रेष्ठ ‘सेकेण्ड रनर अप’ भए ।

‘जुनियर एक्टिङ स्टार’ तर्फ छेदेन लामाले उपाधि चुम्दा विशेष घिमिरेले ‘फस्ट रनर अप’ र आज्ञा शाहीले ‘सेकेण्ड रनर अप’मा चित्त बुझाए ।

‘प्री–टीन डान्सिङ स्टार’ तर्फ केशाङ ल्हामु लामा विजयी हुँदा इशानी कुलुङ ‘फस्ट रनर अप’, आशिका खड्का ‘सेकेण्ड रनर अप’, प्रमिश सुनुवार ‘थर्ड रनर अप’, स्मृति खड्का ‘फोर्थ रनर अप’, युमिका तामाङ ‘फिफ्थ रनर अप’ र श्रेया श्रेष्ठ ‘सिक्स्थ रनर अप’ भए ।

यस्तै ‘प्री–टीन सिङगिङ स्टार’ तर्फ एन्जल श्रेष्ठले ताज जित्दा जेबिसा श्रेष्ठ ‘फस्ट रनर अप’, आयुषा कुलुङ ‘सेकेण्ड रनर अप’ र कासुमी लामा ‘थर्ड रनर अप’ भए ।

त्यस्तै ‘प्री–टीन एक्टिङ स्टार’ तर्फ इशान्त कनुजेले जित्दा आलिया पाठक ‘फस्ट रनर अप’, सौगात थापा ‘सेकेण्ड रनर अप’ र प्रज्ञा थापा ‘थर्ड रनर अप’ भए । त्यस्तै ‘मिनी सिङ्गिङ स्टार’ तर्फ अंशुमान खत्री विजेता भए ।

बुढानिलकण्ठ नगरपालिकका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको साउथ वेस्टर्न कलेजका प्रोग्राम कोओर्डिनेटर राजेन्द्र लामिछाने, संगीतकार दीपक शर्मा, हर्लिक्स नेपाल कन्ट्री हेड(युनिलिभर इन्टरनेसनल–न्यूट्रेसन) प्रमुख आशिष अग्रवाल, म्युजिक भिडियो निर्देशक विक्रम चौहान र गायिकाद्वय सुमित्रा कोइराला तथा रितु कँडेल निर्णायक थिए ।

परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जिआरले फाइनल अघि १ सय ८० बालबालिकालाई ४५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षण दिइएको बताइन् । प्रतियोगिताका विजेताले सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउने आयोजकले जनाएका छन् । साथै विजेतालाई म्युजिक भिडियो निर्माणको पुरस्कार पनि दिइनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.