चलचित्र ‘लाज शरणम्’मा हरिष निरौला (कक्रोज) अनुबन्धित


काठमाडौं- यतिवेला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने चलचित्र ‘लाज शरणम्’को कलाकार छनोट र प्रि–प्रोडक्सनको काम धमाधम भैरहेको छ ।

एकपछि अर्को कलाकारको प्रवेश गर्ने कामपनि धमाधम भैरहेको छ । चलचित्रमा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ ।

गत साउनमा चलचित्रका लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा चलचित्रमा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो। आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल भएको पनि जानकारी गराएको थियो ।

हाल चलचित्र निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै आइरहेको छ । हालसम्म चलचित्रमा रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) ‘सक्किगोनि’ टिमबाट र बाहिरबाट अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन् ।

यसैबीच चलचित्रमा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार सिनेमा कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा फागुन १४ गते महाशिवरात्रीको अवसरमा रिलिज हुनेछ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने चलचित्रखमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहेका छन् ।