काठमाडौं । क्यानडाको टोरन्टोमा गायिका अञ्जु पन्तलाई दर्शकले भव्य साथ दिएका छन् । लोकप्रिय गायिका अन्जु पन्तको क्रेज क्यानाडामा राम्रो देखियो। नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस) ले आयोजना गरेको ‘१६ औं हिमालय मेला-२०२४’ मा अञ्जुको गीत सुन्न १० हजार भन्दा बढी नेपालीको सहभागिता रहेको अन्जु पन्तले बताइन् ।
कार्यक्रममा ओन्टारियो राज्यका पर्यटन तथा संस्कृति मन्त्री स्टान चो, टोरन्टो महानगरका मेयर ओलिभिया चोउ र क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल समेत उपस्थित थिए ।
प्रवासमा रहेका नेपालीहरुले नेपाली गीत-संगीतलाई कति धेरै माया गर्छन् भन्ने कुरा १६ औं हिमालयन मेला २०२४ टोरोन्टो क्यानडाले प्रमाणित गरिदिएको छ। कार्यक्रममा पपगायक तिलकबम मल्ल र स्थानीय कलाकारले समेत प्रस्तुति दिएका थिए ।