‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए २०२४’ सेप्टेम्बर १५ मा


काठमाडौँ। नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा अमेरिका आगामी सेप्टेम्बर १५ आयोजना हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए २०२४’ सेप्टेम्बर १५ हुने भएको छ। राजधानी काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराईएको हो।

कार्यक्रममा बागमती प्रदेशका नव–नियुक्त मन्त्री मधुकुमार श्रेष्ठले नेपाल फिल्म सोसाइटीको स्थापना र त्यसबाट हुँदै आएको गतिविधिको जानकारी दिए । सोसाइटीको स्थापना देखिनै अमेरिकामा नेपालका विभिन्न चर्चित कलाकार सहभागी गराएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ नियमित आयोजना गर्दै आएको बताए ।

अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो । जसको सबै व्यवस्थापन त्रिवेणी इन्टरटेनमेन्ट तथा दिलकुमारी केसी फाउन्डेसनको तर्फबाट नवराज केसीले गर्न लागेका हुन् । केही प्रेसमिटका लागि अमेरिकाबाट नेपाल आएका छन् । नेपाली कलाकार राष्ट्रका गहना भएकोले उहाँहरू सहभागी हुने कार्यक्रमको आफू हिस्सा बन्न पाएकोमा भाग्य मानी महसुस गरेको बताए । उनले न्यूयोर्क राज्यका विभिन्न व्यक्तिको समेत सहभागिता रहने कार्यक्रम यो पटक विशेष हुने अनुमान लगाए ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्राबिधिक सङ्घका अध्यक्ष पुरस्कार लामा, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, निर्देशन दिनेश डिसी, उज्ज्वल घिमिरे, कलाकार रमेश बुढाथोकी, सन्दीप क्षेत्री, स्वेता खड्का, अभिनेता रविन्द्र खड्का र बशुन्धरा भुषाल लगायत थुप्रै व्यक्तिहरू सहभागी कार्यक्रमको सभापतित्व अभिनेता कृष्ण मल्लले गरेका थिए । कार्यक्रममा अभिनेत्री शर्मिला मल्लको जन्मदिनको केक समेत काटिएको थियो ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । विगतका ६ संस्करण आयोजना भएको अवार्डमा अहिलेसम्म सयौँ कलाकर्मी नेपालबाट सहभागी भइसकेका छन् ।

यो पटक एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजक रहेको अवार्डको स्थानीय आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क र दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्क रहेको छ ।

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा अवार्ड आयोजना हुँदै आएको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नवराज श्रेष्ठ रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.