फेरी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’ को ट्रेलर सार्वजनिक


काठमाडौं । यहि साउन ३२ गतेबाट फेरी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

एकसाथ धेरै फिल्म रिलिज हुँदा गतवर्ष प्रदर्शनको दोस्रो दिनमा नै निर्माताले यो सिनेमालाई अर्को मितिमा प्रदर्शनमा ल्याउने बाचासहित हलबाट बाहिर निकालेका थिए । फिल्मको सार्वजनिक ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारीप्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको छ । ट्रेलरले सिनेमालाई नारीप्रधान बुझाउँछ ।

राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।

शिव ढकालको छायांकन रहेको सिनेमामा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.