गायकले गरे प्रेमीको हत्या


(सेलिब्रेटी नेपाल) काठमाडौँ
माया प्रेम भन्ने कुरा चाहेर या नचाहेर जो कोहीले पनि गर्ने कुरा हुन्छ । अझ युवा पुस्ताको कुरा गर्दा त पछिल्लो समय प्रेम भन्ने कुरा ‘फेशन’ कै रुपमा बढ्दो क्रममा छ । तर पारिवारिक वातावरण अनि धन सम्पतिको कुरा भने प्रेममा ठुलो असर पार्ने कुराको रुपमा लिईन्छ।
Singer
यहि क्रममा एक जना युवकले भने धनि परिवारकी छोरीसँग प्रेम गरेकै कारण ज्यान गुमाउनु परेको छ, तर यो कुरा वास्तविकतामा भने होईन । गायक ध्रुव डि वनसँगको मिलिमतोमा उसको हत्या गरेका छन्। गायक ध्रुव डि वन को सार्वजनिक ‘ससुराली घर’ भिडियोले यस्तै कथा बोल्छ।
भिडियोमा युवक रेष्टुरेण्टमा गएका बेला उनले नै प्रेम गरेकी केटीको दाईले गायक ध्रुव डि वनसँगको मिलिमतोमा उसको हत्या गरेको कथा देखाउन खोजिएको छ।

एकाग्रह ब्याण्डबाट व्यवस्थित सो गीतमा ध्रुव डि वानको स्वर तथा संगीत रहेको छ। फराज अर्पणले निर्देशन गरेको यस भिडियोमा सुरवी र बिबेकको अभिनय रहेको छ। भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।
भिडियो हेर्नुहोसः

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.