रामको आधुनिक गीत ‘काँचको मुटु’ को भिडियो सार्वजनिक


काठमाडौं । राम कार्कीको स्वरमा रहेको आधुनिक गीत ‘काँचको मुटु’ को भिडियो सार्वजनिक गरिएको छ । सरोजराज अधिकारीको शब्द रचना, रामकै संगीत र संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेश थापाको निर्देशन रहेको गीतको भिडियोमा ज्योति खड्का र रामकै अभिनय छ । गीतको भाव अनुसार भिडियोको कन्स्पेट निर्माण गरिएको र पछिल्लो समय बनि रहेको भिडियो भन्दा केहि फरक गर्न खोजिएको निर्देशक सुरेशले बताए गीतको भिडियोमा प्रवेश पोखरेलको छायांकन र सम्पादन छ ।