सौरभको निर्देशनमा चलचित्र ‘कर्मा’ बन्ने


काठमाडौं । गतवर्ष चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ निर्देशन गरेका निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। ‘कर्मा’ नाम राखिएको चलचित्रको बिहिबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

चलचित्रको कथा चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा बसन्त लम्सालले लगानी गर्नेछन् । फिल्मको कथावस्तु र कलाकारबारे निर्माणपक्षले अहिले जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी नै रहेकाले पछि जानकारी गराउने निर्देशक चौधरीले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.