‘पर्वत समाज दक्षिण कोरियाले’ वृहत्त सांस्कृतिक तथा बनभोज कार्यक्रम गर्ने


काठमाडौँ। दक्षिण कोरियामा सक्रिय रहेको ‘पर्वत समाज दक्षिण कोरिया’ले दुई दिने वृहत्त सांस्कृतिक कार्यक्रम तथा बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।

आगामी अगस्ट ३ र ४ तारिखमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजागारीमा व्यस्त रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबिच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको समाजका अध्यक्ष दीपक केसीले जानकारी दिए ।

यो कार्यक्रममा सहभागीताका लागि पुरुषलाई ९० हजार वन, महिलालाई ७० हजार वन र जोडीलाई डेढ लाख वन तोकिएको छ । यो कार्यक्रम खाफ्याङ्ग गुन छाङ फ्योङ्ग मेन, देसङरी नामिटखिल ६ नामिटामन फाकमा आयोजना हुनेछ ।

यो कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरिया टिमको साथमा लाइभ दोहोरी र विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा प्रमोद भुषाल, अमृत चापागाँई, संजोग भुषाल, अनिस केसी, अनु अधिकारी, विपना अधिकारीको प्रस्तुति रहने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.