इश्वर, शिरफूल, मोदीबेनी ,नम्बरी सुन सम्म साउनमा आउंदै


काठमाडौँ। यतिबेला हलमा दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ प्रदर्शनरत छ। आउने शुक्रवार अर्थात साउन ४ गते भने कुनै नेपाली फिल्मको रिलिज तय छैन।

साउन ११ गते राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ रिलिज हुनेछ। पारिवारिक कथामा बनेको यो फिल्ममा पृथ्वीराज प्रसाईं र अनु शाह मुख्य भूमिकामा छन्। साथमा ध्रुव थापा, क्रिष्टी गुरूङ, सुनील थापा, सबिन बास्तोला, माओत्से गुरूङ, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर बाङ्देल लगायतको अभिनय छ।

साउन १८ गते फिल्म ‘मोदीबेनी’ रिलिज हुनेछ। शंकर कोइरालाको निर्देशनमा बनेको फिल्ममा वर्षा शिवाकोटी र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा छन्। साथमा सरोज खनाल, प्रविण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, स्नेहा भट्टराई, जीवन भट्टराई, हिउँवाला गौतम, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायतको अभिनय छ। यो फिल्म सामाजिक कथामा बनेको हो।

साउन १८ मै फिल्म ‘शिरफूल’ रिलिजको तयारीमा छ। कमल एक्चै मगरको निर्देशन रहेको यो फिल्ममा रूपा राना, राज थापा, देवराज आले मगर, विनिता थापा मगर, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, निता पुन, किरण मगरलगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।

साउन २५ गते फिल्म ‘नम्बरी सुन’ रिलिज हुँदैछ। राजु गिरीको निर्देशनमा बनेको यो फिल्ममा गौरव पहारी, सरोज खनाल, नम्रता सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।

साउन ३२ मा फिल्म ‘नालापानी’ र ‘बुलाकी’ रि–रिलिजको तयारीमा छन् । गत बर्ष नै प्रदर्शनमा आइ सकेका यी दुई चलचित्र फेरी प्रदर्शनमा आउन लागेका हुन्।

ऐतिहासिक कथामा बनेको यो फिल्मलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन्। फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतको अभिनय छ।

लक्ष्मण सुनारको निर्देशन रहेको फिल्म ‘बुलाकी’ मा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको मुख्य अभिनय छ। यसमा कर्णाली भेगको जारी प्रथाको कथावस्तु उठान छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.