‘मेरी बास्सै’ मा ‘इकु’ को पुनरागमन


काठमाडौँ। ‘इकु’ नामबाट चर्चित सुलेमान शंकर हाँस्य सिरियल ‘मेरी बास्सै’ मा फर्किएका छन्। उनी झन्डै १९ वर्षपछि यो सिरियलमा फर्किएका हुन्। ‘मेरी बास्सै’ को मंगलवार प्रशारणमा आएको ८६८ भागबाट उनि फेरी इकु कै क्यारेक्टरमा अभिनयमा आएका छन्।

त्यसबेला सिताराम कट्टेल र केदार घिमिरेको निर्देशनमा निर्माण हुने सिरियलको केही एपिसोडबाट इकु निकै चर्चित बनेका थिए। सिरियलबाट बाहिरिएपछि उनले ‘इकु’ र ‘इकु २’ फिल्म बनाएका थिए।

‘त्यसबेला ६ एपिसोडमा देखिएको थिएँ। दर्शकहरूले मेरो क्यारेक्टरलाई अत्यन्तै रूचाउनुभएको थियो। अहिले यतिका वर्षपछि यो सिरियलमा फेरि जोडिन पाउँदा अत्यन्तै खुसी छु,’ उनले भने। यो सिरियल हरेक मंगलबार बेलुकी ८ः५० बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ।

यसअघि उनी ‘हल्का रमाइलो’ सिरियलको केही एपिसोडमा देखिएका थिए। अहिले भने यो सिरियलमा देखिएका छैनन्। ‘मेरी बास्सै’ लाई नेत्र राउतले लेखन एवं निर्देशन गर्दै आएका छन्। सिरियलमा लक्ष्मी गिरी,सुरवीर पण्डित,रामचन्द्र अधिकारी,सुरेन्द्र केसी,पल्पसा डंगोल, सरस्वती फुँयाल,विनोद खत्री सुबेदी ‘क्षितिज’,टिका भक्त जिरेल लगाएत कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.