नाटक ‘पूर्णविराम’ साउन ४ गते सम्म मन्चन हुने


काठमाडौँ। काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १६ गते देखि मन्चन भई रहेको नाटक ‘पूर्णविराम’ काे मञ्चन अवधी थप गरिएको छ। असार २९ गतेसम्म मञ्चन हुने नाटक ‘पूर्णविराम’ दर्शकको उलेख्य साथ र राम्रो प्रतिक्रिया आएको कारण साउन ४ गते सम्मलाई समय थप गरिएको छ। नाटकले उठाएको बिषयबस्तु र प्रस्तुतीकरणलाई दर्शकले मन पराएका छन्।

कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका नाटकमा बढ्दो पर्यावरणीय परिवर्तन, विज्ञानको दुरुपयोगजस्ता विषयलाई गम्भीर रूपमा उठान गरिएको छ।

आरुष मगरले परिकल्पना तथा निर्देशन गरेको नाटकमा रिनेक्स बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारू, भूमिका थारू, विध्यक तिलक, वसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापामगर, निरबहादुर खपांगी, सुरज पराजुली, शू गूँः, सुदीश थापामगर, सुजन परियार लगायतको अभिनय रहेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ को समेत सहयोग रहेको नाटकको मञ्च तथा पोस्टर रसिक राजले तयार गरेका हुन्। नाटक ‘पूर्णविराम’ बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे तथा शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ।