‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करण असार २८ गते


काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करण यहि असार २८ गते शुक्रवार काठमाडौँमा हुने भएको छ। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को पहिलो संस्करण २०७८ सालमा सम्पन्न भएको थियो। बिचमा केहि प्राविधिक कारण रोकिएको अवार्ड अबको बर्षबाट निरन्तर हुने कार्यक्रम संयोजक सुरज पौडेलले बताए।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर उत्कृस्टलाई अवार्ड प्रदान गरिने छ। गीत संगीत र फिल्मका गरेर २३ वटा विधामा अवार्ड प्रदान गरिनेछ। अवार्डको टप फाइभ नोमिनेसन यसै साता सार्वजनिक हुनेछ। २०८० सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीतलाई समाबेश गरेर कार्तिक महिनामा तेस्रो संस्करण गर्ने आयोजकको योजना रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.