पत्रकार नेपाललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार


काठमाडौं । पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार-२०८०’ बाट पुरस्कृत भएका छन् । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ ।

संघको शनिबार छैटौं साधारणसभा अवसरमा पोखराका मेयर धनराज आचार्यले नगद ३० हजार रुपैयाँ र सम्मानपत्रसहित पत्रकार नेपाललाई पुरस्कृत गरे । पाल्पा रिब्दीकोट ७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्वसहसचिव उनी राजधानी र आदर्श समाज दैनिकमा समेत कार्यरत छन् ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले संघका देशभर १५ शाखामध्ये कास्की सबैभन्दा सक्रिय रहेको बताए । कास्की शाखा संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २१ वर्षअघि शाखा स्थापना गरिएको स्मरण गर्दै चलचित्रबिट व्यावसायिक बनाउनुपर्नेमा जोड दिए ।

निवर्तमान अध्यक्ष अरुण गिरीले चलचित्र पत्रकारितामा प्रशस्त सम्भावना रहेको औंल्याउँदै आफ्नो पालामा आक्रामक ढंगले अघि बढेको बताए ।

संघ कास्की अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको समारोहमा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना ‘पगेनी’, महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, प्रतिभा छनोट समिति संयोजक एवं संघ सल्लाहकार सुरेश रानाभाट, सम्मानित व्यक्तित्व शेरचन, पुरस्कृत नेपाल लगायतले बोलेका थिए । संघमा हाल ५६ सदस्य रहेको सचिव सन्तोष बस्यालले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.