गीता अधिकारीलाइ हेटौडामा चलचित्र पत्रकारिता पुरस्कार


काठमाडौँ । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यो वर्षको पुरस्कार र सम्मान प्रदान गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा पत्रकार गीता अधिकारीले नगद राशिसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ प्राप्त गरिन् । यो पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका हुन् ।

दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुन् । अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ ल्याएकी थिइन् । अधिकारी हाल हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छिन् ।

सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरियो । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय छन् । संघले कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोसिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको थियो ।

मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेका यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले बताए ।

पुरस्कार र सम्मान हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानिया, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तीप्रिय,हेटौँडा वडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा–६ का अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, वानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईं, महासङ्घ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, सङ्घका संस्थापक अध्यक्ष कुमार अधिकारी, कलाकार सुशान्तकुमार श्रेष्ठ, सङ्घका महिला विभाग संयोजक दीपज्योति थापा, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतले प्रदान गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.