किक बक्सिङ्ग च्याम्पियन,ओएसआर स्पोर्ट्समा


काठमाडौँ। नेपाली सिनेमाको डिजिटल बजारमा अग्रणी स्थानमा रहेको कम्पनी ओएसआर डिजिटलले ओएसआर स्पोर्ट्स को रुपमा खेल क्षेत्रमा कार्य गरि रहेको छ। किक बक्सिङ्ग गेमको डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। मंगला देवी फाउन्डेसन संगको सहकार्यमा किक बक्सिङ्ग च्याम्पियन यहि जेठ ११ र १२ गते काठमाडौँमा हुने जानकारी राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो। किक बक्सिङ्ग संघ काठमाडौँको आयोजनामा हुने कार्यक्रममा विभिन्न ३० जिल्लाका खेलाडीहरुले सहभागीता जनाउने छन्। धेरै लामो समय देखिको तयारी संगै अन्तररास्ट्रिय रुपमा जानु पर्छ भन्ने उदेश्यका साथ ओएसआर संग सहकार्य गरिएको अध्यक्ष चौलागाईले बताए।

संघका अध्यक्ष बिशाल चौलागाईंका अनुसार कार्यक्रममा विजेता हुनेले नगद पचास हजार र उप विजेता हुनेले तिस हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। बक्सिङ्ग खेलमा आफैंमा रिस्की गेम हो तर पनि सुरक्षाका बिभिन्न तयारी संगै खेलाडीको बिमा समेत गरिएको संघका सचिव दिवान सचिवले बताए। ७ वटा विधामा हुने गेममा सागर दर्जी ५१ वटा खेलका विजेता र रोशन अछामी अन्तररास्ट्रिय गेमका विजेता खेलाडीको समेत सहभागिता रहनेछ। २०० जना खेलाडीको सहभागिता रहने गेम विभिन्न चरणमा हुनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.